माउन्टेक सोलुसनले आइतबार वेबिनार गर्दै : यसरी सहभागी बन्नुहोस्

  २०७७ माघ २ गते १४:०७     विकासन्युज

काठमाडौं । क्लाउड कम्प्युटिङका विषयमा वेबिनार हुने भएको छ । माउन्टेक सोलुसनले आइतबार वेबिनारको आयोजना गर्न लागेको हो । यो वेबिनार आइतबार साँझ साढे ६ देखी साढे ८ बजेसम्म सञ्चालन हुनेछ ।

सूचना तथा प्रविधि क्षेत्रका विद्यार्थीहरु, वैंकमा सूचना तथा प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारी तथा क्लाउड कम्प्युटिङमा रुचि हुने जोसुकैले यस वेबनारमा सहभागी हुन सक्नेछन् । कार्यक्रममा वरिष्ठ सफ्टवेयर इन्जिनियर दिलिप योगी स्रोत व्यक्तिका रुपमा रहनेछन् । उनले वरिष्ठ वरिष्ठ सफ्टवेयर इन्जिनियरका रुपमा मास्टरकार्ड, एटी एण्ड टीमा काम गरिसकेका छन् ।

स्रोत व्यक्ति योगीले एडब्लुएसको क्लाउड कम्प्युटिङ र यसको महत्वका विषयमा सेसन सञ्चालन गर्नेछन् । यस वेबनारबाट साइबर खतराहरुका बारेमा पनि जानकारी मिल्नेछ । वेबिनारमा सहभागी हुन यो लिंक मा गएर पनि रजिस्टर गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.