माउन्टेज इनर्जीको सातौं वार्षिक साधारणसभा सम्पन्न, एक जना सञ्चालक नियुक्त

  २०७७ माघ १ गते १६:३२     विकासन्युज

काठमाडाैं । माउन्टेन इनर्जी नेपालकाे सातौं वार्षिक साधारणसभा सम्पन्न गरेकोे छ । कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैंठक ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.