लक्ष्मी बैंकले सोलुखुम्बको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने

  २०७७ पुष २२ गते १६:१४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालिकबीच बुधबार सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।  यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.