सिँगटी हाइड्रोलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति

  २०७७ पुष २२ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

यससँगै हाइड्रोले स्थानीय र सर्वसाधारणलाई गरी कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँदरका ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राख्ने छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.