एनआईसी एशियाको सूर्यविनायक नगरपालिकामा ९३ औं काउण्टर

  २०७७ पुष २० गते १०:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ ।

उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरे ।

समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एनआईसी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.