संगठित हुँदै मोबाइल व्यवसायी, चारवटा प्रदेशमा बन्यो संगठन

  २०७७ पुष १२ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाई संगठित गर्ने अभियान थालेको छ ।

मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला र क्षेत्रीय समिति निर्माण थालेको छ ।

संगठन विस्तारका लागि देश दौडाहामा रहेको महासंघको टोलीले बागमती, गण्डकी, कर्णाली र प्रदेश ५ मा प्रदेश समिति गठन गरिसकेको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।

नेपालभरका मोवाइल व्यवसायीलाई एकठाउँमा ल्याउन यो प्रयास थालिएको भट्टराई बताउँछन् । उनका अनुसार मोलवाइल बिक्रेताहरुले राज्यलाई उल्लेख्य कर तिरेका छन् । तर व्यवसायीहरु संगठित हुन नसक्दा राज्यवाट पाउनुपर्ने सेवा सुविधाबाट मोवाइल विक्रेताहरु वञ्चित छन् । महासंघले देशव्यापी नेटवर्क निर्माण गरेर व्यवसायको प्रर्वद्धनसँगै राज्यवाट प्राप्त गनुृपर्ने सुविधामा संगठित रुपमा प्रयास थाल्ने अध्यक्ष भट्टराई बताउँछन् ।

भट्टराईको अध्यक्षतामा गठित महासंघको तदर्थ समितिमा, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी छन् । १७ सदस्यीय तदर्थ समितिलाई प्रदेश भेला सकिएलगत्तै पूर्णता दिइने उनले जानकारी दिए । देशभर ५ हजारभन्दा बढी मोबाइल व्यवसायी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.