एशियन लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, सबैभन्दा बढी आजीवन बीमालेखमा पाइने

  २०७७ पुष ११ गते १८:४५     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

समितिले कम्पनीको आर्थिक वर्ष २०७४/७५ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४२ रुपैयाँदेखि ८७ रुपैयाँसम्म बाेनस  वितरण गर्ने भएकाे छ ।

कम्पनीको सावधिक र बालबच्चाको सावधिक जीवन बीमालेखमा दुबैमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म निर्धारण गरिएको छ । जुन कम्पनीले जारी गरेको बीमालेख मध्येकै उच्च बोनसदर हो ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम ४३ र अधिकतम ७९ रुपैयाँ बोनस पाइने कम्पनीले जनाएको छ ।

यस्ताे छ कम्पनीले सार्वजनिक गरेकाे नयाँ बाेनसदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.