१३ जीवन बीमा कम्पनीको बोनस दरः एशियन र गुराँस लाइफकाे बाेनस दर ८७ रूपैयाँ

  २०७७ पुष १० गते १२:४५     विकासन्युज

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये १३ वटा जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक भएको छ । बीमा गर्ने व्यक्तिले बिमांक रकमको प्रतिहजार रुपैयाँमा पाउने बोनस दर अनुसार एशियन लाइफ इन्स्याेरेन्स र गुराँस लाइफ इन्स्योरेन्सकाे बाेनस दर उच्च रहेकाे छ ।

कम्पनीहरुको बोनस दर नियामक निकाय बीमा समितिले स्वीकृत गर्नुपर्छ । समितिका अनुसार अहिले सबैभन्दा धेरै बोनस दर एशियन लाइफ र  गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको छ ।

जीवन बीमा कम्पनीहरुले आफ्नो बीमा योजनापिच्छे प्रदान गर्ने बोनस दर फरक फरक हुन सक्छ । यस्तो बोनस दरलाई बीमा योजना अवधिले प्रभाव पार्ने गर्छ । खासगरी लामो अवधिको बीमा योजनामा बोनस दर बढी हुने गरेको छ ।

समितिका अनुसार एशियन र गुराँस लाइफकाे २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराँउदा प्रतिहजार रुपैयाँमा ८७ रुपैयाँ बोनस दर पाइन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ छ । कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेखमा २५ वर्षभन्दा बढी अवधिको लागि ८२ रुपैयाँ बोनस दिन्छ । यस्तै, २५ वर्षभन्दा बढी अवधिको सावधिक तथा आजीवन बीमालेख तथा दम्पत्ती जीवन बीमालेखमा पनि २५ वर्षभन्दा बढी अवधिको बीमामा प्रतिहजार रुपैयाँ ८२ रुपैयाँ नै बोनस पाइन्छ ।

सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७३ रुपैयाँ छ । कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा ३० वर्षभन्दा बढी अवधिको बीमा गराउनेहरुलाई प्रतिहजार रुपैयाँमा ७३ रुपैयाँ बोनस दिनेछ ।

लाइफ इन्स्यारेन्स कर्पाेरेसन (नेपाल) को सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८० रुपैयाँ छ । कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमा योजनाको २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ८० रुपैयाँ बोनस दिने हो ।

मेट लाइफ एलिकोको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८५ रुपैयाँ छ । मेटलाइफले २१ वर्ष वा सोभन्दा बढी अवधिको एजुकेसन प्रोटेक्सन प्लान बीमामा ८५ रुपैयाँ बोनस दिने स्वीकृति बीमा समितिबाट पाएको छ ।

प्रभु लाइफको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । सो कम्पनीको सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमालेख खरिद गरी २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइन्छ ।

सननेपाल लाइफ इन्स्यारेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । सो कम्पनीले सावधिक जीवन बीमा र सावधिक तथा आजिवन बीमामा २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइने हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर पनि ७० रुपैयाँ नै छ । कम्पनीको सावधिक जीवन बीमालेख, सावधिक तथा आजिवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा योजनामा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइने हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर पनि प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ नै छ । कम्पनीको सावधिक जीवन बीमा र सावधिक तथा आजिवन बीमा योजनाको २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोसन पाइन्छ ।

रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सर्वाधिक बोनस दर पनि प्रतिहाजर रुपैयाँमा ७० रुपैयाँ नै छ । कम्पनीको २५ वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन र सावधिकतथा आजिवन बीमालेख योजनामा ७० रुपैयाँ बोनस दर पाइने हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर प्रतिहजार रुपैयाम ६५ रुपैयाँ छ । सो कम्पनीले सावधिक जीवन र सावधिक तथा आजिवन बीमा लेखको २५ वर्ष वा सोभन्दा बढी अवधिमा प्रतिहजार रुपैयाँमा ६५ रुपैयाँ बोनस दर प्रदान गर्ने हो ।

सिटिजन लाइफ इन्स्यारेन्स कम्पनीको सर्वाधिक बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । कम्पनीले ३० वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन बीमा लेखमा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस प्रदान गर्छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनस दर प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ छ । कम्पनीले सावधिक जीवन र सावधिक तथा आजिवन बीमा लेखको २६ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ बोनस प्रदान गर्ने स्वीकृति बीमा समितिबाट पाएको छ ।

One comment on "१३ जीवन बीमा कम्पनीको बोनस दरः एशियन र गुराँस लाइफकाे बाेनस दर ८७ रूपैयाँ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.