सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेता र निर्णायकहरुको दुर्घटना बिमा गर्ने

  २०७७ पुष ९ गते १२:२८     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बिमा प्रदान गर्नेभएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.