मिस यूनिभर्स नेपालकाे उत्कृष्ट १८ घोषणा

  २०७७ पुष ८ गते १५:२५     विकासन्युज

काठमाडौं । मिस यूनिभर्स नेपालका उत्कृष्ट १८ घोषणा भएको छ । मंगलबार मेरियट हाेटलकाे एक समाराेहबिच उत्कृष्ट १८ घाेषणा भएका हुन् ।

उक्त समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए अनुसार त्यसैको त्यहाँ उपस्थित मडियाका प्रतिनिधि/व्यक्तित्वहरुले त्यही बेलामा आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरेका थिए । उक्त भोटिङको परिमाणको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् ।

मिस यूनिभर्स नेपालकी विजेताले १० लाख नगद उपहार प्राप्त गर्नेछिन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहकाे छ ।

नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.