नेपाल पुनर्बीमा कम्पनीले डाक्यो एजीएम, बुक क्लाेज कहिले ?

  २०७७ पुष ८ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाचौं वार्षिक साधारणसभा गर्ने भएको हो ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १६ गते बुक क्लोज हुँदै छ । यससँगै पुस १५ गतेसम्म कम्पनीको सेयर होल्ड तथा खरिद गरेका लगानीकर्ता कम्पनीको साधारणसभामा भाग लिन योग्य हुने छ ।

सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकमलाई अनुमोदन गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट १ जना र सर्वसाधारण सेयरधनीबाट १ जना गरी जम्मा २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्ताव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.