आफ्नै स्याटेलाईट राख्न दूर सञ्चार प्राधिकरणको आशयपत्र आह्वान

  २०७७ पुष ७ गते १७:३८     विकासन्युज

काठमाडौ । नेपाल दूर संचार प्राधिकरणले नेपालमा आफ्नै स्याटेलाईट राख्नकालागि आशयपत्र माग गरेको छ । दूर संचार प्राधिकरणले दुई साताको समय तोकेर आशय पत्र माग गरेको हो ।

२ साता अघि नै स्याटेलाईट सम्बन्धि पुरानो प्रस्ताव रद्ध गरिएको थियो । आगामी दिनमा नयाँ ढंगले काम गर्ने उदेश्यका साथ प्राधिकरणले आशय पत्र माग गरेको जनाएको छ । आगामी दिनमा स्याटेलाईट संचालनको ढाँचा तयार गरिने तथा सोही अुनुसार नीति तर्जुमापनि गरिने प्राधिकरणले बताएको हो ।

प्राधिकरणले सोही विषयमा अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग आशयपत्र माग गरेको हो । प्राधिकरणले माग गरेको अवधि २ साता रहेको जनाएको छ । नेपाल दूर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अुनसार नेपालको आफ्नै भू–उपग्रह राख्न आवश्यक छ ।

आशयपत्रमा अनुभव तथा योग्यता भएका परामर्शदाताहरुको माग गरिएको छ । अनुभवका आधारमा ५० प्रतिशत, क्षमताका आधारमा १० प्रतिशत तथा योग्यताका आधारमा ४० प्रतिशत परामर्शदाता छनोट गर्ने नेपाल दूर संचार प्राधिकरणले जनाएको छ ।

स्याटेलाईट सम्बन्धि परामर्शदाताले संचालन ढाँचा समेत तयार पार्नु पर्नेछ । आगामी आर्थिक वर्षसम्ममा नेपालले आफ्नै स्याटेलाईट राख्ने तयारी गरेको दूर संचार प्राधिकरणले बताएको छ । दूर संचार प्राधिकरणले ३ वर्ष अगाडी जारी गरेको आशयपत्रमा २२ वटा कम्पनीहरुले जागरुपता देखाएका थिए भने १२ वटा देशहरु सहभागी भएका थिए । यसअघिको आशयत्रमा विभिन्न २२ कम्पनीहरुले चासो देखाएका नेपाल दूर संचार प्राधिकरणका प्रवक्ता अर्यालले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.