बीमितको उमेर १०० वर्ष हुँदासम्म रक्षावरण हुने पोलिसी अब एलआईसी नेपालमा

  २०७७ पुष ७ गते १४:१२     विकासन्युज

काठमाडौ । एलआइसी नेपालले ‘न्यू जीवन तरंग’ नामक बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सो योजना सार्वजनिक गरेका हुन् ।

उक्त योजना बजारमा सार्वजनिक गरेसँगै ‘जीवनभरको लागि पेन्सन र रक्षावरण’ भन्ने सन्देश कम्पनीले दिन खोजेको छ । यस बीमा योजना अन्र्तगत १५ देखि ६० बर्षसम्मका बीमितले लाभ लिन सक्नेछन् । न्यूनतम बीमांक २ लाख रुपैयाँ तोकिएको छ भने अधिकतम बीमांक अन्डरराइटिंङको नियम अनुसार लिन सकिन्छ ।

बीमामाले बीमितको उमेर हद १०० वर्ष रहदासम्म रक्षावरण गर्छ । यस्तै, ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता समेत सम्बन्धि लाभ समेत उपलब्ध छन् ।

यस्तै, बीमितको निधन भएको अवस्थामा तोकिएको व्यक्तीले सो बीमांक पाउन सक्नेछन् । यस्तै, बीमितको मृत्यु नभएको अवस्थामा बीमा गरेको एक बर्ष पुगेको अवधिमा बीमांकको साढे ५ प्रतिशत रकम सुनिश्चित लाभ पेन्सन सरह बीमित ९९ वर्ष पुग्दासम्म प्रदान गरिन्छ ।

यस्तै, बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्ति सय वर्ष पुगुन्जेलसम्म उनलेनै बीमांक रकम पाउन सक्नेछन् । यदी बीमितले पेन्सन लिइ रहेका छन् भनेपनि बीमा समपर्ण गर्न मिल्ने व्यवस्था छ । समर्पण गरेको अवस्थामा पेन्सनबाट लिएको रकम कटौति हुँदैन । बीमांकको ९५ प्रतिशत मुल्य रकम बीमितले पाउने व्यवस्था छ ।

यस्तै, यस योजनामा बीमितहरुले थस सुविधा समेत पाउने व्यवस्था गरिएको छ । बीमा चलेको २ वर्षपछि कर्जा लिन सकिने व्यवस्था छ ।
एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले बीमितले अवकाशपछि पेन्सन पाउने तथा आर्थिक सबलतामा बीमाले सघाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.