निर्जीवन बीमा कम्पनीको लगानी ६० अर्ब ४६ करोड, कुन कम्पनीको कति ?

  २०७७ पुष ६ गते १४:०३     नबिन पाेखरेल

काठमाडौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीहरुले बीमा शूल्कबाट आर्जन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्न मिल्ने व्यवस्था छ ।

लगानीका आधारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको ५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

यस्तै, दोस्रो स्थानमा शिखर इन्स्योरेन्सको लगानी ३ अर्ब ३२ करोड रुपैयाँ रहेकोे छ भने नेको इन्स्योरेन्सको ३ अर्ब ३२ करोड रुपैयाँ नै लगानी रहेको छ । सगरमाथा इन्स्योरेन्सको लगानी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिले दिएको जानकारी अनुसार नेपाल इन्स्योरेन्सको २ अर्ब २८ करोड, दि ओरेन्टलको २ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीको ५ अर्ब ४८ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड रुपैयाँ लगानी रहेको छ ।

यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको २ अर्ब ७ करोड, यूनाईटेड इन्स्योरेन्सको १ अर्ब ५२ करोड, प्रिमियर इन्स्योरेन्सको २ अर्ब ६७ करोड, एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ५८ करोड, नेको इन्स्योरेन्सको ३ अर्ब ३२ करोड र सगरमाथा इन्स्योरेन्स कम्पनीको २ अर्ब ६४ करोड रुपैयाँ लगानी छ ।

समितिका अनुसार प्रभु इन्स्योरेन्सको १ अर्ब १९ करोड, आईएमई जनरलको १ अर्ब ७८ करोड, प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब ७७ करोड, शिखर इन्स्योरेन्सको ३ अर्ब ३२ करोड, लुम्बिनी जनरलको २ अर्ब ७ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब ५९ करोड, सिद्धार्थ इन्स्योरेन्सको २ अर्ब ९४ करोड र सानिमा जनरल इन्स्योरेन्सको ८५ करोड ९६ लाख रुपैयाँ लगानी रहेको छ ।

यस्तै, जनरल इन्स्योरेन्सको ९४ करोड १९ लाख, अजोड इन्स्योरेन्सको १ अर्ब ४२ करोड र नेपाल पुनर्बीमा कम्पनीको १५ अर्ब ४६ करोड रुपैयाँ लगानी रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचत पत्र, ऋण पत्र, वािण्ज्य बैकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार बैकको मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् । यस्तै, सूचीकृत पब्लिक कम्पनीको सूरक्षित डिभेन्चरमा, म्यूचुअल फण्ड र नागरिक लगानी कोष लगायतका क्षेत्रमा पनि निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्न पाउँने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.