सुरेश खत्री बने नेशनल लाइफकाे सिइओ

  २०७७ पुष ५ गते १३:२२     विकासन्युज

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । हालका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिएसँगै उनी कार्यवाहक सीईओकाे रुपमा नियुक्त भएका हुन् ।

सीईओ बस्नेतको कार्यकाल पुष ५ गतेसम्म तोकिएको थियो नयाँ सीईओ नियुक्तीको सम्बन्धमा इन्स्योरेन्स कम्पनीको पुष ३ गते बसेको संचालक समिति बैठकले खत्रीलाई कार्यवाहक सीईओ बनाउने निर्णय गरेकाे थियाे ।

अर्को व्यवस्था नभएसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सिइओ खत्रीले नै सम्हाल्ने कम्पनी सचिव प्रताप मान श्रेष्ठले जानकारी दिए ।

खत्रीले स्नातक तहसम्म कानुन विषयको अध्ययन गरेका छन् । उनी २०५१ सालबाट नेशनल लाइफ इन्स्योरेन्समा काम गर्न थालेका हुन् । उनीसँग नेशनल लाइफमा मात्रै २५ वर्ष काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.