अह्राइसिकाई मात्रै गर्ने विज्ञ वा प्रशासन मात्रै जानेकोले अब बीमा समिति चलाउन सक्दैन–चिरञ्जिवी चापागाईं

  २०७७ पुष ५ गते ८:४३     विकासन्युज

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई आफ्नो चार वर्षे कार्यकालको अन्तिम अवधिमा आइपुगेका छन् । अहिले बजारमा अध्यक्ष चापागाईंको कार्यकाल पुःन दोहोरिने हो वा होईन अड्कलबाजी भईरहेको छ । आफ्नो ४ वर्षे कार्यकालमा चापागाईंले बीमा क्षेत्रमा के कस्ता परिवर्तन ल्याउन सफल भए तथा उनका के कति योजनाहरु बाँकी रहे भन्ने विषयमा हामीले खोतल्ने प्रयास गरेका छौं । प्रस्तुत छ अक्ष्यक्ष चापागाईंसँग नबिन पोखरेलले गरेको विकास बहस ।

तपाईको कार्यकाल कस्तो रह्यो ?

मेरो ४ वर्षे कार्यकालको अवधि अहिले सक्किनै लागेको छ । अब यस अवधिका तथ्यांहरु हेर्दा बीमाको दायराको वृद्धि होस् अथवा ग्राहस्थ उत्पादनमा बीमाको योगदान होस, रोजगारी, कानुनी संरचना, बीमा क्षेत्रमा तालिम केन्द्र, लगायत संस्थागत सुशासन कायम गर्नका लागि बीमा समितिले जारी गरेका निर्देशनहरु यी सबै हेर्दाखेरी म आफ्नो कार्यकालबाट सन्तुष्ट छु । अब बाँकी कुरा भनेको त बीमा क्षेत्रका जानकारहरुले, विज्ञहरुले समिक्षा गर्ने विषय रह्यो ।

बीमा क्षेत्रमा तपाईको कार्यकाल सुरु भएपछि के–कस्ता परिवर्तनहरु भए ?

बीमा क्षेत्रको परिवर्तनको कुरा गर्दा मेरो कार्यकालकै सुरुवाती चरणमा नागरिकमा बीमा चेतना कमी थियो । अहिले बीमा मुलधार (मेन स्ट्रिम) नै बनिसकेको छ ।

नागरिकमा बीमाप्रतिको विश्वसनियता बढेको छ । त्यो विश्वसनियता बढेकै कारण ७ प्रतिशतबाट बीमाको पहुँच २७ प्रतिशतसम्म पुगेको अवस्था छ । अहिले गाउँ–गाउँमा बीमाको बारेमा चर्चा भइरहेको छ । घुम्त्ती बीमा कार्यक्रम लागू भएको छ । कृषि बीमालाई समेत त्यस्तै व्यापकता प्रदान गरिएको छ । यी सबै कुराहरु बीमा क्षेत्रमा भएका परिवर्तनहरु हुन् । के कस्ता कामहरु भए भनेर हेर्ने मापकहरु पनि तिनै हुन् ।

तपाईको कार्यकालमा भएका आफैले विर्षन नसक्ने कामहरु के–के छन् ?

बीमा क्षेत्रको सुशासन कायम गर्नको लागि जोखिममा आधारित पूँजी र जोखिममा आधारित निरीक्षण प्रणाली लागू गरियो । साथ–साथै अन्तर्राष्ट्रियस्तरको एनएफआरएस लागू गर्ने कार्यक्रम गरियो ।  यो दुबै काम भनेकोे बीमा बजारमा सुशासन कायम गर्नको लागि गरिएको काम भयो । बीमाकै विकास र बिस्तारका लागि स्थानीय तहसँग बीमा समिति, विद्यार्थीहरुसँग बीमा समिति तथा सरोकारबाला निकायसँग बीमा समिति भन्ने कार्यक्रम गर्यौं, त्याे पनि सम्झन लायक गतिविधिमा पर्छन् । यी गतिविधि मैले पनि भुल्न सक्दिन । सुशासन कायम गर्न तथा बीमा क्षेत्रमा विकास र विस्तार गर्न जे जसरी हामी लाग्यौ त्यो नै एउटा महत्वपूर्ण सम्झन लायक गतिविधि हुन् ।

तपाईले आफ्नो कार्यकालमा पूरा गर्न बाँकी रहेका योजनाहरु के–के छन् ?

निरीक्षण प्रणालीको कार्यविधि बनाएर कर्मचारीहरुलाई तालिम समेत दिइसकेका छौँ । तर खाली हामीले बीमाका कर्मचारीहरुलाई तालिम दिन बाँकी थियो । उक्त तालिमको काम बाँकी नै छ । बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने काम बाँकी नै रह्यो । चाहे त्यो रि इन्जिनियरिङ नै गर्न परोस वा चाहे त्यो जनशक्तिको हिसाबले होस्, भौतिक संरचनाका हिसाबले होस्, अथवा सूचना प्रविधिका हिसाबले होस् त्यो काम गर्न बाँकी छ ।

तपाईको अनुभवले अब बीमा समितिलाई कस्तो किसिमको अध्यक्षको खाँचो छ ?

अब बीमा समितिको अध्यक्ष भनेको कुर्सीमा बसेर मात्र हुँदैन । सुचनाप्रविधिप्रति जानकार व्यक्ति हुनुपर्छ । त्यस्तै, फिल्डमा समेत काम गर्न सक्ने हुनुपर्छ । म एउटा सन्दर्भ जोड चाहन्छु । कोरोना बीमाको दाबी भुक्तानीको अवस्था बुझ्न म आफै फिल्डमा समेत गएको थिएँ । मैले कोरोना महामारीको दाबी भुक्तानी किन ढिलाई भएको भन्ने ४ वटा कारणहरु समेत पत्ता लगाए । उक्त ४ कारणहरु मैले तत्काल सार्वजनिक समेत गरे ।

त्यसकारण मैले अबको बीमा समितिको अध्यक्ष भनेको चाहे त्यो सूचना प्रविधिका हिसाबले होस्, चाहे बीमा र वित्तीय क्षेत्रका ज्ञानका हिसाबले होस अथवा चाहे त्यो आफ्नो सरल स्वभाव भएको हिसाबले होस् सहज क्षमतावान व्यक्तिकै खाँचो छ । कर्मचारीहरुका समस्या बुझन् सक्ने तथा बजारमा सहजै भिज्न सक्ने अध्यक्ष बीमा समितिमा आवश्यक हुन्छ भन्ने मेरो बुझाई हो ।

वास्तवमा विज्ञ भनेको छेउमा बसेर अराइसिकाइ गर्नेहरु पर्छन् । हामी अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि विज्ञ भनेको साइडमा बसेर काम गर्नेहरु पाउन सक्छौं । हरेक क्षेत्रमा दख्ल भएको मान्छेले मात्र नेत्तृत्व लिन सक्छ । त्यसैले मेरो भनाई के हो भने विज्ञ पनि कोही जीवन बीमाको विज्ञ हुन्छन् । यस्तै, कोही निर्जीवन बीमाको विज्ञ हुन्छन् । कोही पूनर्बीमाको विज्ञ भएका हुन्छन् ।

बीमा क्षेत्रमा पनि केही विज्ञ साथीहरु होलान् । उनीहरुलाई फेरि प्रशासनिक जानकारी कम हुन सक्छ । यस्तै, प्रशासनिक जानकारी भएकाहरुलाई बीमा सम्बन्धि ज्ञान नहुन सक्छ । वास्तवमा विज्ञ भनेको छेउमा बसेर अराइसिकाइ गर्नेहरु पर्छन् । हामी अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने पनि विज्ञ भनेको साइडमा बसेर काम गर्नेहरु पाउन सक्छौं ।

हरेक क्षेत्रमा दख्ल भएको मान्छेले मात्र नेत्तृत्व लिन सक्छ । त्यसैले मेरो भनाई के हो भने विज्ञ पनि कोही जीवन बीमाको विज्ञ हुन्छन् । यस्तै, कोही निर्जीवन बीमाको विज्ञ हुन्छन् । कोही पूनर्बीमाको विज्ञ भएका हुन्छन् ।

बीमा समिति भनेको त वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्रमा बैक लगायत अन्य वित्तीय संस्थाहरुसँग नै सम्बन्ध हुन्छ । अहिले त नयाँ प्रविधिहरु भित्रिएका छन् । बैकास्योरेन्सका कुरा आएका छन् । अहिले एउटा जीवन वा निर्जीवन क्षेत्रको ज्ञानले मात्रै पनि अध्यक्ष बन्न हुँदैन । कतिपय अवस्थामा सिद्धान्तहरु घोक्न सजिलो हुन्छ । तर नेपालमा हामीले घोकेका सिद्धान्तहरु सहजै लागू गर्न सकिने अवस्था छैन, सकिदैन ।

अहिले तपाईहरुले हेर्नुभयो भने धितोपत्रकै अध्ययन मैले गरेको हो । विज्ञले इपिएस हेर्छन् तर अरुले इपिएस नहेरी गरेको अनुमान वास्तविकता भन्दा फरक हुनसक्छ । त्यस्तै, मैले जोड्न चाहेको बीमा समितिलाई वास्तविकता पत्ता लगाउने अध्यक्षको खाँचो छ ।

२०७२ सालको भूकम्पको बेलामा पनि बीमा दावी भुक्तानीमा ठूलो समस्या थियो भने अहिले कोरोना महामारीको बेलामा दाबी भुक्तानीमा समस्या देखिएको छ । बीमामा यस्तो समस्या किन देखिन्छ ?

यो कोरोना बीमा नितान्त बीमाको सिद्धान्त भित्रको बीमा होइन । यो त सामाजिक सुरक्षा अन्र्तगतको बीमा हो । यस सामाजिक सुरक्षामा बीमा समिति आफै पनि जोडिएको छ । तपाईहरुले कोरोना बीमा मापदण्ड हेर्दा थाहा पाउन सक्नु हुनेछ । साढे ३ अर्ब फण्ड मध्येमा १ अर्ब त बीमा समितिले आफ्नो फण्डबाट नै राखेको छ । त्यसपछि साढे ३ अर्ब माथिको फण्ड नेपाल सरकारको राजस्वबाट प्रयोग हुने व्यवस्था गरिएको छ । त्यसै कारण सामाजिक बीमा अन्तर्गत बीमा गरेपछि पैसा नपाउने भन्ने त सवाल नै रहदैन नि ।

यस्तै, महामारीको स्वरुपको कुरा गर्दा यो भुइचालो जस्तै हुने रहेछ । भुइचाले बढीमा एक मिनेट आउँछ, त्यो एक मिनेटको प्रभाव ठूलो रहन्छ । यो कोरोना महामारी पनि एक किसिमले मलाई त्यस्तै लाग्यो । असोज र कार्तिकमा कोरोना महामारीले धेरै सतायो । सो समयमा अस्पतालमा बिरामी राख्ने बेडहरु समेत खाली थिएनन् । बीमा समितिकै कर्मचारीहरु कोरोना महामारीबाट अछुतो रहेनन् । सोही कारण दाबी भुक्तानीमा केही ढिलाई भएकाले पनि होला तर १३ हजार जनाले त पैसा पाउँनु भएको पनि छ नि । अब बाँकी रहेका दाबीको पनि भुक्तानी हुन्छ त्यसमा कुनै शंकै छैन ।

तपाई उठाउनु भएको प्रश्न जस्तै मेरो कार्यकालको सुरुवातमा भूकम्पका केही भुक्तानी दिन बाँकी थियो । करिब १३ अर्बको दाबी परेको थियो । अहिले सबै फर्छौट भइरहेको छ । अब अहिले मेरो कार्यकाल सकिने बेलामा कोरोना महामारी आयो । त्यसलाई राज्यले आफ्नो वार्षिक कार्यक्रममा राखेको छ । कोरोना बीमालाई बजेटमा राखेको छ । राज्यका सबै संयन्त्रहरुले पनि कोरोना बीमामा सहभागी भए । बीचमा केही आरोह अवरोह भएपनि अहिले फेरी कोरोना बीमा राम्रो अवस्था पुगिसकेको छ । कोरोना बीमाले पनि बीमाको दायरा बढाउन मद्दत गरेको छ ।

तपार्ईले मौका पाएमा फेरी पनि बीमा समिति अध्यक्षको जिम्मेवारी लिन तयार छु भनिरहनु भएको छ । तपाईको जिम्मेवारी पुःन दोहोरीदा गर्न बाँकी रहेका कामहरु के–के छन् ?

मलाई बीमा समितिमा जुन पार्टीले राजनीतिक नियुक्ती दिएको थियो अहिले पनि त्यही पार्टीकै सरकार छ । अब मैले सुशासन राम्रो बनाएर बीमाको पहुँच बढाउने कामलाई निरन्तरता दिन बाँकी छ । बीमा समितिलाई प्राधिकरण बनाउने कुरा अघि बढाउने छ । साथ साथै सरकारी स्वामित्वका कम्पनीको २०६८/६९ को व्यालेन्सिट अहिले बीमा समितिमा स्वीकृत हुँदैछ । २०६९/७० को व्यालेन्सिटको लागि ७ दिन भित्र ल्याउनु भनेको अहिलेसम्म ल्याएका छैनन् । हामीले चिठ्ठी पठाइ सकेकाछौ । बीमा संस्थानका एक्चुरीयल भ्यालुयसनका विषयमा समेत हामीले खोजी गरी रहेका छौ । संस्थानको उक्त काम यही ४/५ दिन भित्र पूरा हुन्छ । मैले मेरो कार्यकाल दोहोरीयमा यस्तै बीमा क्षेत्रमा आवश्यक रहेको कामहरु गर्नेछु ।

कोरोना बीमाले बीमितमा वितृष्णा जगाएको छ, यसले दीर्घकालिन रुपमा बीमा बजारमा असर त पार्दैन नि ?

अहिले बीमितसँग कोरोना बीमाको बारेमा वितृष्णाको अवस्था छैन । अहिले नपाएका कुराहरुमा मात्र भन्दा पनि पाएका कुराहरु पनि हामीले हेर्न आश्यक छ भन्ने मलाई लाग्छ । कोरोना बीमा सम्बन्धि तथ्यहरु बीमा समितिले नै सार्वजनिक गर्दै आएको छ । यसमा बीमितहरुले वास्तविकता बुुझ्न पाउँनु भएको छ । विधि पुर्याएको अवस्थामा कोरोना बीमाको दाबी भुक्तानी रोकिदैन ।

कोरोना बीमा होस् निर्जीवन बीमा होस् त्यसमा सबै सही छ भन्ने अवस्था छैन । ३५ वटा डबल क्लेम आएका छन्, डबल क्लेममा बीमाले भुक्तानी गर्ने कुरा भएन ।

त्यस कारण पैसा पाउनेहरुसँग पनि सोध्नुस न कोरोना बीमाको आवश्यकताका बारेमा । केही ढिला भयो त हामी क्षमा प्रार्थी छौं । हामी आफै कोरोना ग्रस्थ भएका थियौ । हामीले कारोना बीमाको पैसा नतिर्ने भनेका छैनौ । अबको १५ दिनपछि कोरोना बीमा रेगुलर फेजमा आउँछ ।

बीमा क्षेत्रमा लाइसेन्स दिने प्रक्रिया केही समय होल्ड गर्नु पर्ने हो कि केही नयाँ बीमा कम्पनी थप्न आवश्यक छ ? यसमा तपाईको धारणा के छ ?

बीमा कम्पनीहरुरलाई लाइसेन्स दिने कुरामा तपाईले आज पनि ठूलो अक्षरमा लेख्नुस् बीमा समिति लाइसेन्स दिने कुरामा स्वायत्त छैन । यसमा नेपाल सरकार, अर्थ मन्त्रालय, मान्य अर्थमन्त्री ज्यू अथवा प्रधान मन्त्रीले हामीलाई सोध्ने मात्र हो । अथवा भनौ लाइसेन्स हाम्रो अहिलेको नियम अनुसार सिफारिस गरेर बीमा समितिले अर्थ मन्त्रालयमा पठाउने हो ।

सोही कारण बीमा कम्पनीलाई लाइसेन्स दिने विषय भनेको बीमा समितिको भन्दा पनि नेपाल सरकारको विषय हो भन्दा हुन्छ । लाइसेन्सको विषय बीमा समितिको अध्यक्षले चाहेर हुने विषय होइन । सोही कारण लाइसेन्सको विषयमा नेपाल सरकारसँगै सोध्दा राम्रो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.