जीवन बीमा कम्पनीको ३ खर्ब ५ अर्ब लगानी, कुन कम्पनीको कति ?

  २०७७ पुष ३ गते १६:३४     नबिन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनीहरुको कुल लगानी ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बीमा समितिले निर्धारण गरेका क्षेत्रमा बीमा कम्पनीहरुले यस्तो लगानी गरेका हुन् ।

कम्पनीहरुले बीमा गराउँदा बिमितले बुझाएको रकम विभिन्न क्षेत्रमा लगानी गर्ने गर्छन् । बीमा समितिले प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी गर्नेमा नेपाल लाइफ छ भने दोस्रोमा एलआईसी नेपाल छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, बाणिज्य बैकको मुद्धति निक्षेपमा, नेपाल पूवार्धार बैकको मुद्धति निक्षेमा लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, सामुहिक लगानी कोष र नागरिक लगानीकोष लगायतमा लगानी गर्न मिल्ने व्यवस्था छ ।

बीमा समितिले दिएको जानकारी अनुसार नेपाल लाइफको कुल लगानी ७७ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने एलआईसी नेपालको कुल लगानी ५७ अर्ब ६३ करोड रुपैयाँ लगानी छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थानको कुल लगानी २८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको ३४ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफको २० अर्ब ६९ करोड रुपैयाँ र एशियन लाइफको २० अर्ब ८३ करोड रुपैयाँ कुल लगानी रहेको छ ।

सूर्या लाइफको कुल लगानी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने गुँरास लाइफको ९ अर्ब ३१ करोड रुपैयाँ, प्राइम लाइफको १४ अर्ब ६ करोड रुपैयाँ र आइएमई लाइफको ३ अर्ब २६ करोड रुपैयाँ कुल लगानी रहेको छ ।

यस्तै, युनियन लाइफको ६ अर्ब १० करोड रुपैयाँ, ज्योति लाइफको ३ अर्ब ६५ करोड रुपैयाँ, सन नेपाल लाइफको २ अर्ब ८२ करोड रुपैयाँ, रिलायन्स लाइफको ३ अर्ब २० करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको ३ अर्ब ८५ करोड रुपैयाँ कुल लगानी रहेको छ ।

समितिका अनुसार सिटिजन लाइफको ४ अर्ब २८ करोड रुपैयाँ, सानिमा लाइफको १ अर्ब ९८ करोड रुपैयाँ, प्रभु लाइफको २ अर्ब ३८ करोड रुपैयाँ र महालक्ष्मी लाइफको १ अर्ब ९० करोड रुपैयाँ कुल लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.