आरएसडिसी लघुवित्तले डाक्यो वार्षिक साधारणभा, बुक क्लोज कहिले ?

  २०७७ मंसिर २८ गते ११:५९     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आगामी पुस २४ गते वार्षिक साधारणसभा डाकेको छ । मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौं वार्षिक साधारण सभा सो दिन बुटवलमा गर्ने निर्णय गरेको हो ।

सभाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १० गते बुक क्लोज हुने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.