यूनाईटेड मोदी हाइड्रोको नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?

  २०७७ मंसिर २६ गते ८:४४     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । हाइड्रोले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको कमलादीमा रहेको हेरिटेज प्लाजाको सभाकक्षबाट भर्च्युअल माध्यमबाट सभा सञ्चालन हुनेछ ।

सभामा जाने प्रयोजन तथा लाभांश प्रयोजनको लागि पुस ५ गतेदेखि ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.