लुम्बिनी विकास बैंकले घाेषणा गर्याे गत आर्थिक वर्षको लाभांश, बढायाे बोनसदर

  २०७७ मंसिर २३ गते १३:१५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश(बोनसमा लाग्ने कर सहित कूल लाभांश कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव मंसिर २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आव २०७५/७६को नाफाबाट सेयरधनीलाई कूल २० प्रतिशत लाभांश (५ प्रतिशत बोनस र १५ प्रतिशत नगद) वितरण गरेको थियो । बैंककाे कूल लाभांश घटेपनि बाेनसदर भने अघिल्लो आवको भन्दा २ प्रतिशत बढी हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.