अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड खरिदको भुक्तानी गर्न सकिने

  २०७७ मंसिर २३ गते १२:५८     विकासन्युज

काठमाडौं । अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी मङ्सिर २२ गतेबाट खल्तीको माध्यमबाट उक्त फण्डको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आईपीएस र इन्भेष्टमेन्ट बैंकको ई बैंकिङ्गबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो । कोष प्रबन्धक, एनआईबिएल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.