साना किसान विकास लघुवित्तको लाभांश घाेषणा, बाेनस मात्रै २५ प्रतिशत

  २०७७ मंसिर २३ गते १२:००     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २३ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५७ नगद(कर प्रयोजनको लागि) गरी २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट २८.६८४ प्रतिशत लाभांश (२७.२५ प्रतिशत बोनस र १.४३४ प्रतिशत नगद) वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.