आईसीएफसी फाइनान्सले घोषणा गर्यो गत दुई वर्ष यताकै उच्च लाभांश

  २०७७ मंसिर २२ गते ११:२४     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र ४.५० प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ । १४.५० प्रतिशत बोनस पश्चात फाइनान्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लाे दुई वर्ष यताकै उच्च लाभांश हाे । संस्थाले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश (५ प्रतिशत बाेनस र ८ प्रतिशत नगद) वितरण गरेकाे थियाे । त्यस्तै, आर्थिक वर्ष २०७४/७५काे नाफाबाट संस्थाले ८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.