प्रभु बैंकको लाभांश घोषणा, बोनस कति ?

  २०७७ मंसिर २१ गते १७:५२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीललाई १०.५२६३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आज(मंसिर २१ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले आर्थिक वर्षको नाफाबाट १६.८४ प्रतिशत लाभांश(१६ प्रतिशत बाेनस र ०.८४ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.