हिमालयन डिष्टिलरीको सीईओमा पोखरेल र कम्पनी सचिवमा तिम्सीना नियुक्त

  २०७७ मंसिर १९ गते १०:५३     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश प्रसाद पोखरेल नियुक्त भएका छन् । मंंसिर १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पोखरेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पोखरेलले सो दिनदेखि आगामी २ वर्षसम्म कम्पनीको सीईओ पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् ।

साथै, कम्पनीले कम्पनी सचिवमा नेत्र प्रसाद तिम्सीनालाई नियुक्त गरेको छ । कम्पनीले आगामी २०७९ साल मंसिर मसान्तसम्मको लागि तिम्सीनालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.