निक्षेपको व्याज घटाइएको प्रति गभर्नर चिन्तित, मुद्दती र बचतको व्याजअन्तर ५% बढी हुन नपाइने

  २०७७ मंसिर १८ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका अगर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले चालु बर्षको पहिलो त्रैमासिकको मौद्रिक नीति समिक्षा कार्यक्रममा बाेल्दै उनले निक्षेपको व्याजदर घटाइएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

‘अहिले कर्जाको व्याज घट्दा व्यवसायीको मनोवल बढेको छ, तर त्यसमा निक्षेपको पनि व्याजदर घटेको छ,यसले निक्षेपकर्ताको मनोवल घटाउँछ,  यसले ल्याउने समस्या समाधान तर्फ हामी लाग्नेछौं,’ उनले भने ।

अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा  निक्षेपकर्ताहरुको व्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको बताए ।

यस्तै, उनले मुद्ति निक्षेप र बचत खाताबीचको व्याजअन्तर ५ प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.