काेराेना प्रभावित व्यवसायीको धितो लिलाम नहुने, पुनरकर्जाको १६ अर्ब रुपैयाँ स्वीकृत

  २०७७ मंसिर १८ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड-१९)को कारण अति प्रभावित भएका व्यवसायीहरुको धितो नरोकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै कोरोनाले अति प्रभावित भएका व्यवसायीहरुको धितो लिलाम नहुने व्यवस्था गरेको हो ।

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए पनि धितो लिलाम नहुने नीति राष्ट्र बैंकले गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

यस्तै, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १६ अर्ब रूपैयाँ पुनकर्जा स्वीकृत पनि भइसकेको बताए । पुर्नकर्जा लिनेको संख्या ४१ हजार रहेको उनले जानकारी गराए । चालु आवको यो अवधिसम्म ६६ अर्ब पुनर्कर्जा प्रवाह भएको बताएका छन् ।

त्यस्तै चालु आवको यो अवधिसम्म ७२ अर्ब सहुलियत कर्जा प्रवाह भएको उनले बताए । यो कर्जा लिने पूर्वको ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मका ग्राहकले लगेकाे उनकाे भनाइ  छ ।

साथै, उनले कोरोना भाइरसमा पनि देशको आर्थिक परिसुचकहरु सन्तुलित नै भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.