सानिमा बैंकका ग्राहकले अनलाइन आवेदन दिए निःशुल्क क्रेडिट कार्ड पाउने

  २०७७ मंसिर १४ गते १७:०१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुकाे लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेका छ । यस याेजना १५ मंसिर देखि २२ मंसिरसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएकाे छ ।

अनलाइन आवेदन बैंकको वेभसाइट वा यस लिंकबाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.