आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउँदै पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

  २०७७ मंसिर ११ गते १३:०७     विकासन्युज

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी दुई संस्थाबीच मंसिर ११ गते बिहिबार सम्झौता भएको छ । सम्झौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.