ट्याक्सीमाण्डूले पार गर्यो एक वर्ष, ल्यायो आकर्षक छुट सहितका विभिन्न स्कीम

  २०७७ मंसिर ९ गते १७:५२     विकासन्युज

काठमाडौं । अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डू सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डूले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।

ट्याक्सीमाण्डूले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर शून्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डूलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले ट्याक्सीमाण्डू फर्ष्ट प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डू एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।

यसबाहेक ट्याक्सीमाण्डू आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राही यात्रुवर्ग प्रति थप जिम्मेवार बन्दै कोभिड १९ को संक्रमण फैलन नदिन सचेत बनेको छ । ट्याक्सी चालकहरुलाई यात्रुवर्गलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफुसँग आवद्ध सबै चालकलाई समय समय समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको छ ।

त्यसैगरी ट्याक्सीमाण्डू एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएका कम्पनीले जनाएकाे छ ।

स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डू एपमा २ हजार भन्दा बढि ट्याक्सी चालक आवद्ध भई यात्रुलाई सेवा दिइरहेका छन् । यसलाई अझै विस्तार गर्दै र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन केसीले प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.