एक करोड रुपैयाँ जरिवानामा पर्यो पञ्जाव नेश्नल बैंक, रिजर्व बैंकद्वारा पिएसओ पनि खारेज

  २०७७ मंसिर १ गते १३:०७     विकासन्युज

काठमाडौं । भारतीय पञ्जाव नेश्नल बैंक (पीएनबी) नेपाली साढे एक करोड अर्थात भारतीय एक करोड रुपैयाँ जरिवानामा परेको छ । भारतीय रिजर्व बैंकले भुक्तानी र बन्दोबस्त सम्बन्धी ऐनको उल्लंघन गरेको आरोपमा सो बैंकलाई एक करोड रुपैयाँ जरिवाना गरेको हो ।

बैंकले रिजर्व बैंकबाट अनुमति नै नलिई भुटानको ड्रक पीएनबी बैंक (बैंकको अन्तर्राष्ट्रिय सहायक कम्पनी) सँग द्विपक्षीय साझा एटीएम प्रणाली संचालन गरेको आरोपमा रिजर्व बैंकले सो जरिवाना गरेको जनाएको छ ।

हालसम्म पञ्जाव बैंकले केन्द्रीय बैंकको स्वीकृति प्राप्त गरेको छैन । रिजर्व बैंकले भुक्तानी र बन्दोबस्त प्रणाली ऐन, २००७ (पीएसएस ऐन) को धारा २६(६) को उल्लंघन गरेको भन्दै एक करोड रूपैयाँको जरिवाना गरेको हो ।

रिजर्व बैंकले विज्ञप्ती जारी गर्दै पञ्जाव बैंकले कानुनको उल्लंघन गरेकोले बैंकको भुगतान प्रणाली अपरेटर (पिएसओ) प्रमाणपत्र पनि खारज गरेको उल्लेख गरेको छ । भारतीय रिजर्व बैंकले मनोमानी गर्ने बैंकहरूमाथि कडाई गर्दै आएको छ । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.