नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ६२ करोड, ब्याज आम्दानी साढे १ अर्ब बढी

  २०७७ कार्तिक २८ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २६.१२ प्रतिशतले घटी हो । बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले समिक्षा अवधिमा १ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, बैंकको वितरण योग्य मुनाफा २० करोड ५० लाख र सञ्चालन मुनाफा ८९ करोड ११ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १७.५१ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.६४ गुणा रहेको छ ।

१४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब १ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, निक्षेप संकलन बढेर १ खर्ब ८४ अर्ब रुपैयाँ र कर्जा लगानी बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर २.८० प्रतिशत पुगेको छ । आधार दर घटेर ७.३४ प्रतिशत र स्प्रेड दर बढेर ४.१४ प्रतिशतमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.