प्रभु बैंककाे क्युआर काेड स्कयान गरी नगद झिक्न सक्ने सेवा संचालन

  २०७७ कार्तिक २७ गते १७:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्कयान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो नेपाली बैंकिङ्ग इतिहासमा नविनतम प्रयोग रहेको बैंकले जनाएको छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुने बैंकले जनाएको छ । यसबाट नगद झिक्नको लागि चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनेछन् ।

बैंकले सञ्चालनमा ल्याएको यस नविनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.