एनआरएन इन्फ्रास्टक्चरको खुद नाफा ६४ प्रतिशतले बढ्यो

  २०७७ कार्तिक २७ गते ११:११     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिमा ३४ लाख ९४ हजार रुपैयाँ कमाएको हो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी र सञ्चालन मुनाफा बढेर क्रमशः ६७ लाख ९ हजार रुपैयाँ र ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी बढेर १.२३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १.७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ घटेर १०२.९९ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.