ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने क्वालिटी क्याम्पेन सञ्चालन

  २०७७ कार्तिक २६ गते १३:५९     विकासन्युज

काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ ।

नोभेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओपोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्ने छ । उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ ।

डक्यूमेन्ट्रि झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलताप्रतिको ब्राण्डको केन्द्रिकरण र दृढता प्रस्तुत गरिएको छ । साथै, ब्राण्डले ओपो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारीपनि गरेको छ । कमेन्टमार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका बिचका क्वालिटी मोमेन्ट स्टोरिज वा कमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.