कामना सेवाको नाफा ९७३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

  २०७७ कार्तिक २५ गते १९:३२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा २० करोड एक लाख रुपैयाँ नाफा कमाएको हो ।

समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो ।

बैंकले असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रतिसेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.