शनिबार नेपालभर दुई हजार ७५३ काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्‍यु

  २०७७ कार्तिक २२ गते १६:३६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३५ हजार ४ सय ३५ पुगेकाे छ ।

नेपालमा आजसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२०६ जना निकाे भएसँगैं हालसम्म १ लाख ५५ हजार ११४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १०८७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.