बिहिबार नेपालभर तीन हजार ५१ काेराेना संक्रमित थपिए, १८ जनाकाे मृत्‍यु

  २०७७ कार्तिक २० गते १७:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३६ हजार ५ सय १४ पुगेकाे छ ।

नेपालमा आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३४३० जना निकाे भएसँगैं हालसम्म १ लाख ४८ हजार ४०८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १०५२ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.