हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने

  २०७७ कार्तिक २० गते १६:१३     विकासन्युज

हेटाैंडा । वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत प्राप्त भइसकेको बताइएको छ ।

श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईँले तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी तयारी भएको जानकारी दिए । उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.