नेपाल घुम्न आउने विदेशी पर्यटक बढ्दै, गत वर्षभन्दा भने ७० प्रतिशत कम

  २०७७ कार्तिक २० गते १५:०५     सन्ताेष राेकाया

काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल आउन ठप्प बनेको विदेशी पर्यटक केही महिना यता भने नेपाल आउन थालेका छन् । केही महिना यता विदेशी पर्यटकहरु नेपाल आउने क्रम बढेको छ ।

सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म २ लाख १८ हजार १ सय ७३ जना विदेशी पर्यटकहरु नेपाल आएका छन् । चैतदेखि ठप्प विदेशी पर्यटकहरु नेपाल आउन ठप्प रहेको थियो । तर, केही महिना यता भने विदेशी पर्यटक नेपाल आउन थालेका छन् ।

जसको कारण मासिक विदेशी पर्यटक बढ्दै गएका छन् । सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट नेपाल खुला भएको घोषणा गरेको हो । बोर्डका अनुसार जुलाईमा कुल १ सय ९५ जना विदेशी नेपाल आएका छन् भने अगष्ट मा विदेशीको आगमन बढेर २ सय ६८ पुगेको छ । सप्टेम्बरमा ५ सय ८२ र अक्टाेवरमा १८ सय ७४ जना विदेशी पर्यटकहरू नेपाल आएका छन् ।

गत वर्षको अक्टाेवर महिनामा १ लाख ३४ हजार ९६ जना पर्यटक नेपाल आएका थिए । तर, यो वर्षको अक्टाेवरसम्म १ हजार ८ सय ७४ जना मात्र नेपाल आएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत कम हो ।

यस्तै गत वर्ष ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका थिए भने यस वर्ष हालसम्म २ लाख १८ हजार १ सय ७३ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

तथ्याकं हेर्दा मासिक नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । नाेभेम्बरमा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बताए ।

उनका अनुसार नेपालमा अब पर्यटकीय गतिविधि बढेकोले यो महिना झन पर्यटक बढ्न सक्नेछन् । उनले विदेशी सँसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि सरकारले र पर्यटन व्यवसायी मिलेर टुर प्याकेजको व्यवस्था पनि गरेकोले त्यसले पनि पर्यटक बढाउन सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.