विद्युत प्राधिकरणले नेट मिटरिङमा तीव्रता दिँदै, १२ हजार स्मार्ट मिटर जडान, तिहारपछिको काम फाष्ट ट्रयाकमा

  २०७७ कार्तिक १९ गते १२:०३     सन्ताेष राेकाया

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब नेट मिटरिङमा तीव्रता दिने भएको छ । प्राधिकरणले घरायसी ग्राहकसँग भएको सोलारको उर्जा खरिद गर्नको लागि नेट मिटरिङमा तीव्रता दिन लागेको बताएको हो ।

काठमाडौं उपत्यका लगायत देशभरमा विभिन्न ग्राहकहरुकोमा प्राधिकरणले स्मार्ट मिटर जडान गरेपछि ग्राहकहरुसँग भएको सोलारको बचत उर्जा खरिद गर्नको लागि नेट मिटरिङको व्यवस्था गर्न लागेको हो ।

कतिपय घरायसी ग्राहकले त घरमा स्मार्ट मिटर जडान गरेर प्रािधिकरणलाई सोलार उर्जा बेच्न थालिसकेका छन्े भने धेरैले बेच्ने सम्झौता पनि गरिरहेका छन् ।

अहिले प्राधिकरणको बिलिङ सिस्टममा पूरानो मिटर रहेकोले त्यसलाई विस्थापित गरेर स्मार्ट मिटर जडान गर्ने र त्यसमा नेट मिटरिङको व्यवस्था गर्ने प्राधिकरणका स्मार्ट मिटर प्रमुख रोशन न्यौपानेले बताए ।

‘अहिले केही ग्राहकहरुले मात्र सोलार उर्जा बेचिरहेका छन् उनीहरुले खपत गरेको बिद्युतको बिजुली र उनीहरुले बेचेको सोलारको बिजुलीको हिसाव गरेर पाउनु पर्ने अर्थात दिनु पर्ने सबै रकम नेट मिटरिङमा अटोमेटिक आउँछ,’ न्यौपानेले भने ।नेट मिटरिङ भएपछि प्राधिकरणले घरमै धाउनु पर्ने झण्झट हट्ने उनको भनाई छ ।

नेट मिटरिङ सुरु भयो भने स्वचालित रूपमा मिटरले नै ग्राहकले बेचेको र किनेको दुवै युनिटको एकैसाथ रिडिङ गर्ने उनको भनाई छ । अहिले रत्नपार्क र बालाजु गरी दुई ठाउँका ग्राहकले मात्र प्राधिकरणलाई उर्जा बिक्री गरिरहेका छन् ।

अहिले सोलार ऊर्जा बेच्ने ग्राहकको मिटरमा उठेको युनिटबाट ग्राहकले प्राधिकरणलाई बेचेको युनिट प्राधिकरणले घटाएर बिलिङ गर्ने गरेको छ ।

न्यौपानेका अनुसार हाल देशभर १२ हजार स्मार्ट मिटर जडान गरिएका छन् । प्राधिकरणले गत साउन २८ गतेबाट स्मार्ट मिटर जडान संचालनमा ल्याएपछि देशभर सो संख्यामा स्मार्ट मिटर जडान गरिएको उनले बताए ।

‘अहिले दशैंले केही काम रोकेको भएपनि तिहारपछि यो कामलाई तीव्रता दिने उनको भनाई छ । अहिले पनि काम भइहरहेको नै छ, तर दशैंले काममा केही काममा बाधा बनायो तर अब तिहारपछि काम फाष्ट ट्र्याकमा हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.