स्वास्थ्य मन्त्रालयलाई साढे ९ हजार थान पीपीई हस्तान्तरण

  २०७७ कार्तिक १८ गते १३:२९     विकासन्युज

काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराएको छ । संस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने करिब १ करोड ६२ लाख रुपैयाँ बराबरकाे पीपीई स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हाे ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा उक्त पीपीई उपलब्ध गराइएको बताए ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको उनको भनाई छ ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गरे । एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्षदेखि काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.