कुमारी बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३ नयाँ शाखा

  २०७७ कार्तिक ६ गते १८:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले काठमाडाैं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कलमा नयाँ शाखा विस्तार गरी सञ्चालमा ल्याएको हो ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.