बुधबार पाँच हजार ७४३ काेराेना संक्रमित थपिए, उपत्यकामा मात्रै ३१०७ थपिए

  २०७७ कार्तिक ५ गते १६:२९     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप पाँच हजार ७४३ जना र उपत्यकामा मात्र ३१०७ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४४ हजार ४ सय ७६ पुगेकाे छ ।

नेपालमा आजसम्म १३ लाख ३४ हजार ८९७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २९९६ जना निकाे भएसँगैं हालसम्म ९९ हजार ६ सय ५ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ७९१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.