सुदूरपश्चिम सरकारले पनि कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने

  २०७७ कार्तिक ५ गते ९:५६     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिम सरकारले पनि कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएकाे छ । संघिय सरकारले लक्षित वर्गकाे बाहेकाे अन्यकाे उपचार गर्दा शुल्क लाग्ने बताए पनि सुदूरपश्चिम सरकारले भने कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएका छन् ।

मंगलबार मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकाी दिएका थिए ।

यसअघि सरकारले सबै नेपालीकाे लागि निशुल्क गरेकाे काेराेना उपचार शुल्क कात्तिक २ गतेदेखि लागु हुने गरी सशुल्क गराएकाे हाे । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई मात्र निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.