कोरोना महामारीकै बीचमा पनि ३ महिना बैंकहरुले दिए १ खर्ब २९ अर्ब ऋण (कुनको कति ?)

  २०७७ कार्तिक ४ गते १४:२६     विकासन्युज

काठमाडौं । कोरोना महामारीकै बीचमा पनि ३ महिनामा वाणिज्य बैंकहरुले १ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउन साउन पहिलो सातासम्म कायम रहेको तथा त्यसपछि सटडाउन र निषेधाज्ञा जारी गरेर सर्वसाधारणको आवागमनमा प्रतिबन्द लगाएको थियो ।

सरकारले यस्तो प्रतिबन्द लगाएपछि उद्योग प्रतिष्ठान तथा व्यापार व्यवसाय संचालनमा समस्या भएको थियो । तर, यस्तै समस्याका बीच पनि बैंकहरुको कर्जा प्रवाहको अवस्था राम्रो देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनले दिएको जानकारी अनुसार संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गत असार मसान्तसम्ममा २९ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत असोज मसान्तमा वाणिज्य बैंकहरुले ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साउनदेखि असोजसम्म ३ महिनाको अवधिमा बैंकहरुले १ खर्ब २९ अर्ब २५ करोड रुपैयाँ कर्जा बढाएका हुन् ।

कुन बैंकको कति बढ्यो कर्जा ?

यो ३ महिनाको अवधिमा कृषि विकास बैंकले कर्जा प्रवाह ३१ करोड रुपैयाँ बढाएर १ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, बैंक अफ काठमाडूले १ अर्ब ८५ करोड रुपैयाँले बढाएर ८३ अर्ब ९२ करोड, सेन्चुरी बैंकले ५ अर्ब ८२ करोड रुपैयाँ बढाएर ६६ अर्ब ९३ करोड, सिटिजन्स बैंक इन्टरनेसनलले ३ अर्ब ६८ करोड रुपैयाँले बढाएर ८४ अर्ब ९३ करोड र सिभिल बैंकले ५ अर्ब १५ करोड रुपैयाँले बढाएर ५८ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ ।

तीन महिनाको अवधिमा एभरेष्ट बैंकले ३ अर्ब ४३ करोड रुपैयाँले कर्जा बढाएर १ खर्ब २२ अर्ब १४ करोड, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५७ करोड रुपैयाँले कर्जा बढाएर २ खर्ब ६ अर्ब ५६ करोड, हिमालयन बैंकले ३ अर्ब ११ करोड रुपैयाँले घटाएर १ खर्ब ४ अर्ब ७८ करोड र कुमारी बैंकले ५ करोड रुपैयाँले बढाएर १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, लक्ष्मी बैंकले १ अर्ब ५८ करोड रुपैयाँले घटाएर ८९ अर्ब ३२ करोड, माछापुच्छ्रे बैंकले ६ अर्ब ११ करोड रुपैयाँले बढाएर १ खर्ब ६४ करोड, मेगा बैंकले ७ अर्ब ९७ करोड रुपैयाँले बढाएर १ खर्ब २१ अर्ब ८९ करोड र नविल बैंकले १२ अर्ब ५२ करोड रुपैयाँले बढाएर १ खर्ब ६५ अर्ब ५३ करोड रुपैयाँ कर्जा पुर्याएको छ ।

अन्य बैंकहरुमा नेपाल बंगलादेश (एनबी) बैंकले १ अर्ब २५ करोड रुपैयाँले घटाएर ६० अर्ब १२ करोड, नेपाल बैंकले ६ अर्ब २० करोड बढाएर १ खर्ब १४ अर्ब १ करोड, एनसीसी बैंकले २ अर्ब ५४ करोड रुपैयाँ बढाएर ७१ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ९६ करोड रुपैयाँले बढाएर १ खर्ब ४८ अर्ब ५४ करोड, एनआईसी एसिया बैंकले २९ अर्ब ८६ करोड रुपैयाँले बढाएर २ खर्ब ३ अर्ब ६० करोड र एनएमबी बैंकले १२ अर्ब १६ करोड रुपैयाँले बढाएर १ खर्ब ३३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, नेपाल एसबीआई बैंकले ३ अर्ब ३६ करोड रुपैयाँले घटाएर ९० अर्ब ९५ करोड, प्रभु बैंकले १५ अर्ब ४६ करोड रुपैयाँले बढाएर १ खर्ब १८ अर्ब ५८ करोड, प्राइम बैंकले ३ अर्ब ६३ करोड रुपैयाँले बढाएर १ खर्ब १८ अर्ब ५८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५२ करोड रुपैयाँले बढाएर १ खर्ब ६० अर्ब, सानिमा बैंकले ४ अर्ब १८ करोड रुपैयाँले बढाएर ९७ अर्ब ४७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ६९ करोड रुपैयाँले बढाएर १ खर्ब ३१ अर्ब १८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ४ अर्ब १२ करोड रुपैयाँले घटाएर ५३ अर्ब ४० करोड र सनराइज बैंकले ४ अर्ब १ करोड रुपैयाँले बढाएर ८७ अर्ब ८४ करोड रुपैयाँ कर्जा पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.