सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक पाउने

  २०७७ असोज २९ गते १७:००     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना यही कात्तिक ६ गते सम्म लागू हुने छ । नजिकिँदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.