एनआईसी एशियाको भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २ दिनमात्र बाँकी

  २०७७ असोज २९ गते १२:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २ दिनमात्र बाँकी भएको रहेकाे छ । बैंकले एक विज्ञप्ती जारी गर्दै श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २ दिनमात्र बाँकी भएको रहेकाे जनाएकाे छ ।

बैंकले कोभिड-१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ल्याएको सहुलियत योजना ल्याएको थियो । यस योजना अन्तर्गत यही श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको यही आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक देखि लागु हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने रहेकाे थियो ।

मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.