कोरोना लागेका शिक्षा र पर्यटन मन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?

  २०७७ असोज २७ गते १४:५५     डाेमी शेर्पा

काठमाडौं । गएको शनिबार र आईतबार नेपालका दुई मन्त्रीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराई र शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड १९ पुष्टि भएको हो ।

पर्यटनमन्त्री याोगेश भटराईले आफ्नो सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । मन्त्री भटराईलाई गएको हप्ता उपत्यका बाहिरका कार्यक्रममा सहभागी भएर शुक्रबार घर फर्किएपछि हल्का ज्वरो आएको थियो । उनले त्यसलगत्तै भोलिपल्ट शनिबार परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम हुमगाईको अनुसार भटराईको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी होम क्वारेन्टिनमा नै बसिरहेका छन् ।

‘गएको शुक्रबार र शनिबार उहाँलाई हल्का ज्वरो देखिए पनि अहिले उहाँको अवस्था सामान्य छ,’ उनले भने ।

मन्त्री भटराई हाल पुल्चोकस्थित मन्त्री क्वार्टरमै रहेको र उनीकी श्रीमती तथा आफूलाई संक्रमण नदेखिएको स्वकीय सचिव हुमागाईले जानकारी दिए ।

यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शनिबार राति ज्वारो आएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । पोखरेलको पीसीआर गर्दा आइतबार उनलाई कोरोना भएको पुष्टि भएको थियो ।

मन्त्री पोखरेलको स्वास्थ्यमा खासै सुधार नआएको उनका स्वकीय सचिव पुरन केसीले बताएका छन् ।

‘गत शनिबारदेखि उहाँमा देखिएको लक्षण निरन्तर नै छ, उहाँलाई ज्वारो आउने र जिउ दुख्ने लक्षण देखिएको छ,’ केसीले भने ।

मन्त्री पोखरेलसँग सम्पर्कमा आएको सबैजनाको पीसीआर परीक्षण भएको र साँझसम्म नतिजा आइपुग्ने केसी बताए ।

मन्त्री पोखरेल शनिबार अगाडि प्रन्धामन्त्रीसँगको बैठक, मन्त्रालयमा सचिवलायको दैनिक हुने बैठक, डाक्टर केसीको विषयमा सरकारी वार्ता टोलीको बैठक लगायत सबै बैठकमा सहभागी रेहेको स्वकीय सचिव केसीले जानकारी दिए ।

‘शनिबार स्वास्थ्यमासमस्या आएपछि उहाँ कुनै कार्यक्रममा पनि सहभागी हुनभएन, त्यसअघि भने सबै बैठकहरुमा सहभागी हुनुहुन्थ्यो,’ स्वकीय सचिव केसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.