सनराइज बैंककाे सार्वजनिक विद्यालयमा अनलाईन शिक्षाको लागि ३ लाख सहयाेग

  २०७७ असोज २७ गते १३:५२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धि काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो ।

क्लबले काठमाडौं कोभिडको कारण पढाई रोकिएको सार्वजनिक विद्यालयका बालबालिकाहरु अनलाइन शिक्षा सुरु गरेर सहयोग सुरु गरेको छ । यसमा नेपालको सबभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा उनीहरुको काम भइरहेको छ ।

क्लबले बालबालिकाहरु र त्यसमा पनि विशेष गरी केटीहरू पीडित हुने हुँदा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पु¥याएको जनाएको छ ।

जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.